IME remit
  • बिहीबार, कार्तिक ६,२०८२ 02:58:28
IME remit
Global IME Bank Limited

भोल्स्गवागेनले ल्याउदैछ नयाँ एसयुभी, यस्ता छन् फिचर्स

Hyundai Nepal
भोल्स्गवागेनले ल्याउदैछ नयाँ एसयुभी, यस्ता छन् फिचर्स
Shivam Cement

काठमाण्डौ । भोल्स्गवागेनले चाडैनै नयाँ एसयुभी लञ्च गर्ने भएको छ । कम्पनीले टिगुयान आर–लाइन लञ्च गर्ने योजना बनाएको छ । जुन प्रत्येक फर्ममा उत्कृष्ठ हुने कम्पनीको विश्वास छ ।  

यो कारमा ‘आर’ थिम्ड एसथेटिक उपलब्ध हुने जनाइएको छ । कम्पनीले पहिलोपटक यो कारको इन्टेरियर र एक्स्टेरियर सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले यो कारलाई बिल्कुलै नयाँ स्वरुपमा लञ्च गर्ने सम्भावना रहेको छ । कारको भित्रि भागमा कयौं नयाँ फिचर्सहरु थप गरिएको छ ।  

कारको फ्रन्ट धेरै नै बोल्ड पारिएको छ । यसका साथै कारको फ्रन्टलाई शक्तिशाली बनाउनका लागि  एलईडी प्लस हेटलाइट्स दिइएको छ र ग्लास कभर्ड होरिजेन्टल स्ट्रिम्स पनि दिइएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै रेडिएटर ग्रिल फ्रन्ट बम्परलाई बाहिरको साइड दिइएको छ । कारलाई स्मार्ट र प्रिमियम लुक्स दिनका लागि सिल्हुट एथलेटिक शोल्डर लाइनका साथ प्रस्तुत गरिएको छ । कारमा १९ इन्चको कोभेन्ट्री अलाए ह्वील्स छ । साथमा डाइमन्ड टन्र्ड सर्फेसको सपोर्ट पनि दिइएको छ । कम्पनीले रियरमा एलईडी लाईट्स र होरिजेन्टल एलईडी स्ट्रिप बिल्ड्स पनि दिएको छ ।  

कारको इन्टेरियरमा पनि अल न्यू प्रिमियम एस्थेटिक दिइएको छ । कारको क्याबिनमा आर लाइन इन्सर्ट्स दिइएको छ । यसका साथै एल्यूमिनिटेड ‘आर’ लोगो दिइएको छ । जुन ड्यासबोर्डमा रहेको छ । कारमा फराकिलो र प्रिमियम इ्रन्टेरियर उपलब्ध छ । यसमा ३ वटा कलरको एम्बिएन्ट लाइट्स पनि रहेको छ । जुन ड्यासब।ोर्ड र डोर ट्रिम्समा कस्टमाइज हुन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

माथिल्लो भागमा प्यानारोमिक सनरुफ पनि उपलब्ध छ । कारमा यात्रुहरुको आरामदायी यात्रालाई विशेष ध्यान दिइएको छ । कारमा सेग्मेन्ट लिडिङ फिचर जस्ता मसाज फंक्सनयुक्त सिट,एडजस्टेबल लम्बर सपोर्ट पनि रहेको छ । यसका अतिरिक्त कारमा पर्सनलाइज्ड कम्फर्टको सपोर्ट पनि दिइएको छ । एयर केयर क्लाइमेट्रोनिक(३ जोन)पार्क असिस्टेन्ट प्लस, पार्क डिस्टेन्ट कन्ट्रोल र २ वटा स्मार्ट फोन चार्ज गर्नका लागि क्यापिसिटी पनि दिइएको छ ।    

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.