दरबारमार्गमा ‘एक्स्ट्रिम स्याटरडे’को तयारी, सडक फेरि बन्ने युवा र मनोरञ्जनको केन्द्र
काठमाण्डौ । राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा फेरि एकपटक सांगीतिक, सांस्कृतिक र मनोरञ्जनात्मक माहोल बन्ने भएको छ । आगामी जेठ ९ गते आयोजना हुन लागेको ‘१९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल’ यसपटक ‘एक्स्ट्रिम स्याटरडे (Xtreme Saturday)’ को थीमसहित आयोजना गरिन लागेको हो ।

