बीवाइडीको नयाँ डल्फिन: थुप्रै अत्याधुनिक फिचर्स थपिए, मूल्य भने पुरानै
काठमाण्डौ । नेपालको अटोमोबाइल बजारमा बीवाइडीले राम्रो छाप छोड्न सफल भएको छ । उत्कृष्ट सर्भिस वा नेटवर्क भएको बीवाइडीले अटो क्षेत्रमा ठूलो प्रभाव समेत पारेको छ । यसैबीच बीवाइडीको डल्फिन-२०२५ मोडल आज सार्वजनिक भएको छ । बीवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ भर्सनको डल्फिन सार्वजनिक गरेको हो ।