राइड सेयरिङ व्यवसायमा करको दायरा कडा, सेवा प्रदायक र चालकलाई प्यान अनिवार्य
काठमाण्डौ । राइड सेयरिङ सेवामा आबद्ध चालक तथा सेवा प्रदायकले अब अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएर मात्रै सेवा दिनुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध राइडर तथा सेवा प्रदायक कम्पनीलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विभागले बुधबार सूचना जारी गर्दै आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर...

