शुक्रबार, श्रावण १,२०८३ 01:24:03
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:24:03
Bizshala
Global IME Bank Limited

याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना
New Office

काठमाण्डौ । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला २–३ महिनामा प्लेटफर्ममा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभरहरूलाई विशेष रूपमा सम्मान गरेको छ । यस कार्यक्रममार्फत् छोटो समयमा नै याङ्गो राइडका सेवा मापदण्डहरू अपनाई यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने ड्राइभरहरूको योगदानको कदर गरिएको हो।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ पार्टनर ड्राइभरहरूलाई प्रोत्साहनस्वरूप विभिन्न पुरस्कार प्रदान गरिएको थियो । साथै, सहभागी सबै ड्राइभरहरूलाई याङ्गो राइडमा दिएको योगदानको सम्मानस्वरूप प्रशंसा प्रमाणपत्र प्रदान गरियो ।

जाडो मौसमलाई ध्यानमा राख्दै ड्राइभरहरूको दैनिक कामलाई सहज बनाउन याङ्गो राइडले जाडो विशेष  ब्याग पनि वितरण गरेको थियो । उक्त ब्यागमा याङ्गो ब्रान्डेड ज्याकेटे पञ्जा, कार फ्रेशनर, प्रिमियम क्लिनिङ कपडा तथा की–रिङ समावेश गरिएको थियो, जसले ड्राइभरको सुविधा मात्र नभई यात्रुहरूको कार सवारी अनुभव सुधार गर्न सहयोग पुर्याउने उद्देश्य राख्ने जनाइएको छ ।

यो कार्यक्रम याङ्गो राइडको नेपालमा सञ्चालन हुँदै आएको नियमित मासिक पहल अन्तर्गत आयोजना गरिएको हो। यस पहलको उद्देश्य ड्राइभरहरूसँग प्रत्यक्ष संवाद कायम राख्नु, उनीहरूको प्रतिक्रिया सुन्नु, उत्कृष्ट सेवाको पहिचान र प्रोत्साहन गर्नु तथा ड्राइभर समुदायबीच विश्वास र दीर्घकालीन सम्बन्ध निर्माण गर्नु भएको कम्पनीले जनाएको छ । 

विशेषगरी नयाँ ड्राइभरहरूमा केन्द्रित यस संस्करणले प्रारम्भिक चरणमै सही समर्थन र प्रेरणाले ड्राइभरहरूको दीर्घकालीन सफलतामा महत्वपूर्ण भूमिका खेल्ने याङ्गो राइडको विश्वासलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाई छ ।

याङ्गो राइड नेपालले आगामी दिनहरूमा पनि ड्राइभरहरूको आवश्यकतालाई ध्यानमा राख्दै यस्ता मासिक ड्राइभर सम्मान कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै जाने जनाएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.