सोमबार, बैशाख २८,२०८३ 08:23:17
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 08:23:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खल्तीले ल्यायो नेपालकै पहिलो ‘सुपरवालेट’, वालेटमै ब्याज पाइने

Bizshala
खल्तीले ल्यायो नेपालकै पहिलो ‘सुपरवालेट’, वालेटमै ब्याज पाइने
Shivam Cement

काठमाडौं । IME Khalti Limited ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपरवालेट’ (Super Wallet) सुविधा सार्वजनिक गरेको छ। Global IME Bank Limited सँगको साझेदारीमा सञ्चालनमा आएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा भएको कम्पनीले दाबी गरेको छ, जसमा प्रयोगकर्ताले वालेटमा रहेको मौज्दात रकममै प्रत्यक्ष ब्याज पाउनेछन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीका अनुसार यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ (Neo Banking) युग सुरु गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ। यसअघि यो सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्तामा मात्र उपलब्ध थियो। अब भने सबै केवाईसी (KYC) प्रमाणित व्यक्तिगत प्रयोगकर्ताका लागि सुविधा विस्तार गरिएको कम्पनीले जनाएको छ।

खल्तीका अनुसार ‘सुपरवालेट’ सक्रिय भएपछि वालेटमा रहेको रकममा दैनिक आधारमा ब्याज गणना हुनेछ र मासिक रुपमा स्वतः वालेटमै जम्मा गरिनेछ। हाल वार्षिक २.७५ प्रतिशत ब्याजदर उपलब्ध गराइने जनाइएको छ, जुन साझेदार बैंकले निर्धारण गर्ने मानक ब्याजदरअनुसार समय–समयमा परिवर्तन हुन सक्नेछ।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले यो सुविधा बैंक धाउनुपर्ने वा जटिल कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबिनै खल्ती एपबाटै सक्रिय गर्न सकिने जनाएको छ।

सुपरवालेट सुविधा प्रयोग गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ। साथै कम्तीमा १० वटा सफल कारोबार गरेको वा वालेटमा रातभर कम्तीमा १ हजार रुपैयाँ मौज्दात कायम गरेको हुनुपर्ने सर्त राखिएको छ। यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध हुने र पीओएस तथा मर्चेन्ट खातामा लागू नहुने कम्पनीले स्पष्ट पारेको छ।

प्रयोगकर्ताले खल्ती एपको होमस्क्रिनमा रहेको ‘सुपरवालेट’ सेक्सनमा गएर ‘Apply’ बटन थिची आवेदन दिन सक्नेछन्। आवेदन दिएको भोलिपल्ट बिहानसम्म सेवा सक्रिय हुने कम्पनीले जनाएको छ।

यस अवसरमा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत Praveen Regmi ले नेपालमा अझै ठूलो जनसंख्या औपचारिक बैंकिङ पहुँचबाहिर रहेको उल्लेख गर्दै ‘सुपरवालेट’ ले वित्तीय समावेशीकरण र बचत संस्कार विकासमा योगदान पुर्‍याउने बताएका छन्।

उनले खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र नभई नेपालीलाई वित्तीय अनुशासन र बचतको संस्कार सिकाउने ‘एक्सपिरियन्स प्लेटफर्म’ का रुपमा विकास भइरहेको बताए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.