Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतको बीमा क्षेत्रमा क्रान्तिकारी परिवर्तन,सबै बीमा पोलिसी एकै ठाउँबाट खरिद/बिक्री गर्न मिल्ने

Global IME Bank Limited
भारतको बीमा क्षेत्रमा क्रान्तिकारी परिवर्तन,सबै बीमा पोलिसी एकै ठाउँबाट खरिद/बिक्री गर्न मिल्ने
Nabil Bank Limited

काठमाण्डौ । भारतको बीमा बजारमा सबै बीमा पोलिसीहरु एकै ठाउँबाट खरिद/बिक्री गर्न मिल्ने तयारी भएको छ । भारतको बीमा नियामक‘इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरेटी(आईआरडीएआई)ले सबै बीमा पोलिसीहरु एकै ठाउँमा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरेको हो ।  

यसका लागि आईआरडीएआईले विद्युतीय बजार/प्लेटफर्म‘बीमा सुगम’ अथवा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा एउटा एक्सपोजर मस्यौदा जारी गरेको छ । यसलाई वान–स्पट सोलुसन वा प्रोटोकलको रुपमा मान्न सकिन्छ । जसमा बीमा पोलिसी खरिद/बिक्री,बीमा सेवा र दाबी भुक्तानीदेखि लिएर बीमासँग सम्बन्धित उजुरी तथा गुनासाहरु समेत सम्बोधन गर्न सकिने जनाइएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो डिजिटल प्लेटफर्म चाडै नै लञ्च हुने सम्भावना रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रिपोर्टका अनुसार आगामी जुन महिनामा यसको लञ्च हुने सम्भावना अधिक रहेको छ ।  

यसअघि बीमा नियामकले यसलाई सन् २०२३ जनवरीमा लञ्च गर्ने योजना बनाएको थियो । यस्तै आईआरडीएआईले स्वास्थ्य,जीवन,सम्पत्ति  र दुर्घटना सबैलाई समेट्ने एउटा बीमा पोलिसी समेत जारी गर्ने तयारी गरेको जनाइएको छ ।  

आईआरडीएआईले लञ्च गर्न लागेको बीमा सुगम एउटा विद्युतीय बीमा बजार हो । यो प्लटफर्मलाई बीमा कम्पनी,बीमित, र अभिकर्ताले प्रयोग गर्न सक्नेछन् । बीमा क्षेत्रका सबै पक्ष एकै ठाउँमा हुने भएकाले यसले सबै पक्षलाई फाइदा पुग्ने आईआरडीएआईले अपेक्षा गरेको छ । भारतीय बीमा विज्ञहरुले यसले भारतको बीमा क्षेत्रमा कान्तिकारी परिवर्तन ल्याउने बताएका छन् ।  

यसले बीमा कम्पनीहरुको लागत घट्ने र बीमा प्रडक्टहरु सस्तो हुने विश्वास गरिएको छ । यो अनलाइन प्लेटफर्ममा जीवन बीमा,स्वास्थ्य बीमा, र साधारण बीमादेखि लिएर सबै प्रकारका बीमा सेवाहरु उपलब्ध हुनेछन् ।  

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.