शनिबार, जेष्ठ २,२०८३ 01:22:42
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:22:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत पुस ५ गतेदेखि कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो।

संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण समूहको भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले एफपीओ जारी गरिएको हो ।  

Bizshala
New Office
CG Motors

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।  

एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको थियो ।   

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.