शुक्रबार, कार्तिक २८,२०८२ 12:41:13
IME remit
  • शुक्रबार, कार्तिक २८,२०८२ 12:41:13
IME remit
Global IME Bank Limited

सस्तो सेयरभाउ भएका तीन विकास बैंक, लगानीका लागि कति उचित ?

Hyundai Nepal
सस्तो सेयरभाउ भएका तीन विकास बैंक, लगानीका लागि कति उचित ?
Shivam Cement

काठमाण्डौ । नेप्सेमा सूचीकृत विकास बैंकहरुमध्ये तीनवटा बैंकको सेयरभाउ चार सय रुपैयाँभन्दा कम छ । मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकको सेयरभाउ अन्य बैंकहरुको तुलनामा सस्तो छ ।  

नेप्सेमा अहिले लो क्याप भएका कम्पनीहरु चलेका छन् । सूचीकृत कम्पनीहरुमध्ये पुँजी कम भएका कम्पनीको सेयरभाउ धेरै र पुँजी धेरै भएका कम्पनीको सेयरभाउ सस्तो भएको छ ।  

नेप्सेमा अहिले १५ वटा विकास बैंक सूचीकृत छन् । यसअघि १६ वटा विकास बैंक सूचीकृत रहेकोमा कर्णाली डेभलपमेन्ट बैंकको सूचीकरण खारेज भइसकेको छ । कर्णाली डेभलपमेन्ट बैंकको फन्डापछि यतिबेला सेयरबजारमा विकास बैंकको निकै चर्चा छ ।  

प्रायजसो सेयरभाउ धेरै तर पुँजी कम भएका विकास बैंकहरुको वित्तीय अवस्था खासै सन्तोषजनक छैन । हाई क्याप भएका विकास बैंकहरुको वित्तीय अवस्था राम्रो भएतापनि बजारमा यी कम्पनीहरुको चर्चा त्यति देखिँदैन ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

बजारमा हाई क्याप भएका कम्पनीहरु नचलेको अवस्थामा अहिले आधारभुत पक्षबाट बलिया र राम्रा कम्पनीहरु ओझेलमा पर्ने गरेको देखिन्छ । राम्रा मानिने कम्पनीहरुकै सेयरभाउ २–३ सयको हाराहारीमा छन् । उदाहरणकै लागि अहिले अधिकांश कमर्सियल बैंकहरुको सेयरभाउ २–३ सयको हाराहारीमा छ ।  

लो क्याप भएका विकास बैंकहरुमध्ये अहिले ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ सबैभन्दा बढी छ । ग्रीन डेभलपमेन्टको १०८५ रुपैयाँ, सप्तकोशीको १०५० रुपैयाँ र कर्पोरेटको १७३५ रुपैयाँ छ । जहाँ ग्रीन डेभलपमेन्ट बैंकको पुँजी जम्मा ५३ करोड ८७ लाख, सप्तकोशीको पुँजी ८३ करोड ४३ लाख रुपैयाँ र  कर्पोरेटको पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।

तर यता पुँजी धेरै भएका तीनवटा विकास बैंकको सेयरभाउ भने घटेर चारसय रुपैयाँ भन्दा तल झरिसकेको छ । यी कम्पनीहरुको वित्तीय अवस्था अन्य कम्पनीको तुलनामा सन्तोषजनक नै देखिन्छन् ।  

महालक्ष्मी विकास बैंकको पुँजी ४ अर्ब २९ करोड, मुक्तिनाथ विकास बैंकको ७ अर्ब ४ करोड रुपैयाँ र ज्योति विकास बैंकको पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अहिले बजारमा लो क्याप कम्पनीहरु चलिरहेको अवस्था छ । तर लगानीकर्ताले दीर्घकालिन लगानीलाई हेर्ने हो भने हाई क्याप भएका वा आधारभुत पक्षमा बलिया कम्पनी नै छान्दा उचित हुन सक्छ । यी तीनवटा बैंकको सेयरभाउ सस्तिएपनि आधारभुत पक्ष राम्रै देखिन्छ ।  

कम्पनीहरुले कमाउने नाफा, कम्पनीको व्यवसाय र लगानीकर्तालाई वितरण गर्न छुट्याएको मुनाफा लगानीकर्ताको लागि महत्वपूर्ण सूचक हो । यसर्थमा महालक्ष्मी, मुक्तिनाथ र ज्योति विकास बैंकको व्यवसाय, मुनाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ र वितरणयोग्य मुनाफा सन्तोषजनक नै देखिन्छ ।  

सरकारले हाई क्याप भएका कम्पनीहरुसमेत चल्ने गरी पुँजीबजार सुधारका लागि पोलिसी ल्याएमा यस्ता कम्पनीमा लगानी गर्दा उत्कृष्ट रिटर्न पाउन सक्ने देखिन्छ । हाई क्याप भएका कम्पनीको सेयरभाउ सस्तिँदै जाँनु लगानीको लागि वातावरण सिर्जना हुनु हो ।  

चालु आवको पहिलो त्रैमाससम्म महालक्ष्मी विकास बैंकले ९ करोड ४२ लाख, मुक्तिनाथ विकास बैंकले २८ करोड १८ लाख रुपैयाँ र ज्योति विकास बैंकले १५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.