शनिबार, असार ७,२०८२ 02:41:36
  • शनिबार, असार ७,२०८२ 02:41:36
Global IME Bank Limited

दोस्रो बजारमा ५१ अर्बको आईपीओ पाइपलाइनमा, होटल्स, हाइड्रो, हस्पिटलदेखि हेलिकप्टरसम्मको

Hyundai Nepal
दोस्रो बजारमा ५१ अर्बको आईपीओ पाइपलाइनमा, होटल्स, हाइड्रो, हस्पिटलदेखि  हेलिकप्टरसम्मको
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले लामो समयदेखि रोकिएका आईपीओ यथासिघ्र बजारमा आउने बताएका छन् । हाल धितोपत्र बोर्डमा ५१ अर्ब रुपैयाँबराबरको ३६ करोड १३ लाख ३७ हजार २८५ कित्ता आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।  

जसअन्तगर्त सबै भन्दा बढी जलविद्युत क्षेत्रको रहेको छ । यो क्षेत्रमा मात्रै १८ अर्ब रुपैयाँबराबरको १८ करोड कित्ता बढीको आईपीओ पाइपलाइनमा रहेको छ । जलविद्युत मध्ये सबैभन्दा ठूलो आईपीओ सिउरी जलविद्युत कम्पनीको रहेको छ । यो कम्पनीले ३ करोड ३ लाख भन्दा बढी कित्ता सेयर सर्वसाधरणमा ल्याउन सेबोनसँग अनुमति माग गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रमा पनि २२ अर्ब रुपैयाँबराबरको ९ करोड २४ लाख भन्दा बढी कित्ता सेयर प्रिमियम मूल्यसहित पाइपलाइनमा रहेको छ । त्यसैगरि, होटल्स तथा टुरिजममा ३ अर्ब ३१ करोड भन्दा बढी ,लगानी क्षेत्रमा २ अर्ब ८४ करोड बढी, लघुवित्त क्षेत्रमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओको स्वीकृतीको पखाईमा छ ।  

जसमा लगानीकर्ताहरुलाई होटल्स, हाइड्रो, हस्पिटलदेखि हेलिकप्टरसम्मको सेयरमा लगानी गर्ने अबसर रहेको छ । ह्याम्स हस्पिटलले  प्रतिकित्ता २८८ प्रिमियम रुपैयाँमा, कैलाश हेलिकप्टरले पनि प्रतिकित्ता ३२७ रुपैयाँ प्रिमियमा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका छन् ।  

त्यसैगरि, आईपीओ निष्कासनको स्वीकृतीका लागि आवेदन दिनेमा होटल्समा एपेक्स हस्पिटालिटि, होटेल फरेष्ट , अरचिड होल्डिङ , अन्नपूर्ण केबलकार, बन्दिपूर केबलकार ,अकामा होटल र ठमेल प्लाजा होटेल रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.