बिहीबार, असार ११,२०८३ 11:47:17
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:47:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा प्राधिकरणको अध्यक्ष पदपूर्तिका लागि दरखास्त आह्वान

Laxmi Sunrise Bank Limited
बीमा प्राधिकरणको अध्यक्ष पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाण्डौ । सरकारले बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । अर्थ मनत्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  

प्राधिकरणको रक्त सञ्चालक समितिको अध्यक्ष पद खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिन लागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाण्डौमामा गोप्य खामवन्दी आवेदन दिनु पर्नेछ ।  

New Office
CG Motors
Garima Development Bank

अध्यक्ष पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ । यस्तै उच्च नैतिक चरित्र भएको,बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (३) बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको र प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि ३ वर्ष पूरा नभएको हुनुपर्नेछ ।  

आवेदन पेश गर्दा नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिमको कागजात तथा विवरणहरू आवेदक स्वयम्ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नु पर्नेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, आवेदनसाथ उपर्युक्त कार्यविधिको दफा ५ बमोजिमको व्यावसायिक कार्ययोजना चार प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ। खामबन्दी प्रस्तावको खामबाहिर आवेदकको नाम र नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।

गत मंसिर २४ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि प्राधिकरण अध्यक्षविहिन छ । प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवाललाई उमेर हदसम्बन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि सिलवालको पद स्वतः पदमुक्त भएको थियो ।  

प्राधिकरणमा अध्यक्ष नभएपछि अर्को व्यवस्था नभएसम्मका लागि अर्थका सहसचिव मदन दाहालले अध्यक्षको रुपमा काम गरिरहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.