शुक्रबार, असार ६,२०८२ 10:23:28
  • शुक्रबार, असार ६,२०८२ 10:23:28
Global IME Bank Limited

२० हाइड्रो कम्पनीको सेयरभाउ रु.३ सयभन्दा कम, लगानीका लागि कति उचित ?

Hyundai Nepal
२० हाइड्रो कम्पनीको सेयरभाउ रु.३ सयभन्दा कम, लगानीका लागि कति उचित ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । सेयरबजारमा सर्वाधिक हाइड्रो समूहका कम्पनीहरु नै रहेकाले अधिकांश लगानीकर्ताको नजरमा हाइड्रो कम्पनी पर्ने गर्दछ ।  

बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुन थालेपछि त्यस्ता लगानीकर्ताले सर्ट टर्म वा मिड टर्म इन्भेष्टका लागि बढी हाइड्रो कम्पनी नै छान्ने गरेको देखिन्छ । यतिबेला बजारमा २० वटा कम्पनीको सेयरभाउ ३ सय रुपैयाँभन्दा कम छ।  

नेप्सेमा रहेका अन्य समूहका कम्पनीहरुको तुलनामा हाइड्रो कम्पनीहरुको सेयरभाउ कम छ । यो समूहको सूचीकृत कम्पनीको संख्या बढी हुनु र बैंक वित्तीय संस्था र बीमा कम्पनीको जस्तो वित्तीय अवस्था नहुनुले हाइड्रोहरुको सेयरभाउ निकै कम रहेको छ ।  

तर सस्तो सेयरभाउ रहे वाबजुत पनि हाइड्रोबाट केही लगानीकर्ताले उल्लेख्य नाफा कमाउन सफल पनि भएका छन् । बजारमा अहिले लो क्याप भएका कम्पनीमा लगनीकर्ताको बढी आकर्षण देखिन्छ । हाइड्रोपावर कम्पनीहरुमा पनि बढी लो क्याप कम्पनीहरु बढी चर्चामा आउने र सेयरभाउ बढ्ने देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

केही हाइड्रो कम्पनीको सूचीकृत संख्या कम हुँदा पनि सेयरभाउ भने ३ सय रुपैयाँ माथि कट्न सकेको छैन, कारण यस्ता कम्पनीको वित्तीय अवस्था नाजुक हुनु हो । त्यस्ता कम्पनीले न त राम्रो आम्दानी गरी नाफा नै कमाउन सक्छन् न त लगानीकर्तालाई राम्रो प्रतिफल बाँड्न नै । यसकारण केही कम्पनी लो क्याप भएपनि बजारमा गुमनाम जस्तै नै छ ।  

बजारमा अहिले सबैभन्दा सस्तो सेयरभाउ हिमाल दोलखा हाइड्रोपावरको छ । कम्पनीको अन्तिम कारोबार मूल्य २०० रुपैयाँ छ । कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ८० लाख कित्ता छ । सूचीकृत सेयर संख्या धेरे भएकाले सो कम्पनी हाई क्याप कम्पनीमा नै गनिन्छ ।  

तीनसय रुपैयाँ भन्दा कम सेयरभाउ रहेका २० वटा हाइड्रो कम्पनीहरुको वित्तीय अवस्था पनि खासै सन्तोषजनक छैन । यसकारण पनि उक्त कम्पनीहरुमध्ये जम्मा २ वटा कम्पनीले मात्रै गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् भने अधिकांश कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा आह्वान गरेका छन् ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २० कम्पनीमध्ये ६ वटा कम्पनी घाटामा देखिएका छन् भने बाँकी कम्पनी नाफामा देखिएका छन् । तर त्यस्ता कम्पनीको नाफामा राम्रै सुधार देखिएपनि लगानीकर्ता भने ती कम्पनीहरुमा आकर्षित देखिएका छैनन् ।  

लगानीका लागि कति उचित ?

सेयरबजारमा यतिबेला २० वटा हाइड्रोपावर कम्पनीको सेयरभाउ ३ सय रुपैयाँ भन्दा कम छ । बजारमा सस्ता सेयरभाउ भएका कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यी कम्पनीहरु छनोट गर्न सकिनेछ ।  

तर सस्तो सेयरमूल्य हुँदैमा त्यस्ता कम्पनीबाट नाफा कमाउन सकिन्छ भन्ने चाहिँ हुँदैन । लगानीकर्ताले आफैंले कम्पनीको वित्तीय अवस्था बुझेर मात्रै लगानी गर्नुपछ । २० वटा हाइड्रोपावर कम्पनीमध्ये चालु आवको पहिलो त्रैमाससम्म ६ वटा कम्पनी घाटामा छन् भने बाँकी १४ वटा कम्पनी भने नाफामा नै रहेका छन् ।  

लगानीकर्ताले बजारमा लगानी गर्नुअघि कम्पनीको सूचीकृत सेयर संख्या पनि हेर्न आवश्यक हुन्छ । बजारमा हाई क्याप भएका कम्पनीहरु खासै नचलेको अवस्थामा सस्तो सेयरभाउकै आधारमा लगानी गर्दा लगानी नउठ्ने सम्भावना पनि रहन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.