शुक्रबार, असार ६,२०८२ 11:11:18
  • शुक्रबार, असार ६,२०८२ 11:11:18
Global IME Bank Limited

व्यापार समूहको बजार पूँजीकरण १५७४.२७% ले वृद्धि, कारण विशाल बजार

Hyundai Nepal
व्यापार समूहको बजार पूँजीकरण १५७४.२७% ले वृद्धि, कारण विशाल बजार
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ४४।६१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।  

गत आवको यसै अवधिसम्म धितोपत्र बजार पूँजीकरण ३० खबृ ७६ अर्ब ५२ करोड रुपैयाँ थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको सेयरभाउ र सेयर कारोबार वृद्धि हुँदा धितोपत्र बजार पूँजीकरण वृद्धि भएको हो ।  

धितोपत्र बजार पूँजीकरणले सूचीकृत कम्पनीहरुको आकार मापन गर्दछ । कम्पनीको पछिल्लो सेयरभाउलाई सेयर संख्याले गुणा गर्दा आउने योग नै उक्त कम्पनीको बजार पूँजीकरण हो ।  

सूचीकृत कम्पनीहरुको सेयरभाउ वृद्धि र नयाँ कम्पनीहरुको सूचीकरणले बजार पूँजीकरण वृद्धि हुन जान्छ । जब कुनै कम्पनीले राम्रो व्यवसाय गरेको छ, मुनाफा बृद्धि गरेको छ भने त्यस्ता कम्पनीको सेयरभाउ बढ्न सक्छ र यसले पूँजीकरणमा वृद्धि ल्याउन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै नयाँ कम्पनीहरु जब नेप्सेमा सूचीकृत हुन्छन्, ती कम्पनीका सेयरभाउको मूल्य पनि पूँजीकरण बृद्धि गर्न थप योगदान पुर्याउने गर्दछ । बजार पुँजीकरण मापन गर्दा नेप्सेमा सूचीकृत कम्पनीको सबै सेयर समावेश गरिन्छ ।  

धितोपत्र बजार पूँजीकरण दुई तरिकाले वृद्धि हुन सक्छ । एक प्रतिसेयर मूल्य वृद्धि हुँदा र दोस्रो कम्पनीको कुल सेयर संख्या बृद्धि हुँदा । बजारमा कम्पनीको कुल सेयर संख्या बढ्दा पनि बजार पूँजीकरण बढ्न जान्छ र त्यस्ता कम्पनी लार्ज क्याप कम्पनीमा गनिन्छन् । त्यस्तै, कुनै कुनै कम्पनीको सेयरभाउ मात्रै ह्वात्तै बढ्ने पनि हुन सक्छ, त्यस्ता कम्पनीले पनि धितोपत्र बजार पूँजीकरण बढाउन टेवा पुर्याइरहेको हुन्छ ।  

नेप्सेमा रहेका उपसमूहहरुमध्ये धितोपत्र बजार पूँजीकरण सर्वाधिक व्यापार समूहको वृद्धि देखिएको छ । गत आवको मंसिर महिनासम्म व्यापार समूहको धितोपत्र बजार पूँजीकरण १६ अर्ब ५३ करोड रुपैयाँ मात्रै रहेकोमा चालु आवको यस अवधिसम्म १५७४।२७ प्रतिशतले बृद्धि भएर २ खर्ब ७६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।  

व्यापार समूहअन्तर्गत नेप्सेमा विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनी गरी दुईवटा कम्पनी रहेका छन् । नेप्सेमा यी दुईवटै कम्पनीको सेयरभाउ ५ हजार रुपैयाँ भन्दा माथि छ । गत आवको तुलनामा व्यापार समूहको सेयरभाउ ७३.६० प्रतिशतले वृद्धि भएको छ । यसकारण यो समूहको धितोपत्र बजार पूँजीकरण उल्लेख्य बढ्न पुगेको देखिन्छ ।  

मंसिर महिनामा विशाल बजार कम्पनीको सेयरभाउ उल्लेख्य बढेका कारण यो समूहको धितोपत्र बजार पूँजीकरण ह्वात्तै बढेको हो । गत आवको मंसिर महिनासम्म ३८ सय रुपैयाँको हाराहारीमा रहेको सो कम्पनीको सेयरभाउ चालु आवको यस अवधिसम्म आइपुग्दा ६८ प्रतिशतले बढेर ६४ सय रुपैयाँभन्दा माथि पुगेको छ ।  

गत मंसिर महिनामा सरकारसँग भएको कम्पनीको संस्थापक सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै विशाल बजारको बजार पुँजीकरण ह्वात्तै बढेको हो । नेप्सेमा विशाल बजारको ४ करोड १० लाख कित्ता सेयर सूचीकृत छ । जसमा १.०४ प्रतिशत अर्थात् ४ लाख १८ हजार ९६७ कित्ता सेयर मात्रै सर्वसाधारणको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.