मंगलवार, श्रावण १२,२०८३ 03:22:07
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 03:22:07
Bizshala
Global IME Bank Limited

फाइनान्स समूहका लगानीकर्ताले ८३.१७% सम्म नाफा कमाए, अन्य उपससमूह कति बढ्यो ?

फाइनान्स समूहका लगानीकर्ताले ८३.१७% सम्म नाफा कमाए, अन्य उपससमूह कति बढ्यो ?
New Office

काठमाण्डौ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये सर्वाधिक फाइनान्स समूहका लगानीकर्ताले नाफा कमाउन सफल भएका छन् । यो समूहका लगानीकर्ताले ८३.१७ प्रतिशतसम्म नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवको मंसिर महिनासम्म १७७९.४७ विन्दुमा रहेको फाइनान्स सूचक चालु आवको सोही अवधिसम्म ८३ प्रतिशतले बढेर ३२५९.५२ विन्दुमा पुगेको छ ।  

केही समयअघि बजारमा फाइनान्स सेक्टर निकै चलेको थियो । बजारमा लो क्याप भएका कम्पनीहरु चलेको अवस्थामा अधिकांश फाइनान्स कम्पनी लो क्यापमा पर्ने भएकाले फाइनान्स सेक्टर नै चलेको थियो ।  

पछिल्लो केही समययता फाइनान्स सेक्टर विस्तारै सेलाउन थालेको छ । बजारमा सेक्टर रोटेसन हुने भएकाले यतिबेला हाइड्रो र विकास बैंक जस्ता कम्पनीहरु चलेपनि फाइनान्स सेक्टरका कम्पनीहरु फाट्टफुट्ट जसो मात्रै चलेको देखिन्छ ।  

तर केही महिनाअघि बजारमा सर्वाधिक कारोबार हुने टप कम्पनीको लिस्टमा अधिकांश हाइड्रो कम्पनी पर्ने गरेका थिए । लो क्याप हुने भएकाले त्यस्ता कम्पनीलाई लिएर सेयर खेलाडीहरुले सेयरमूल्य उचाल्ने जस्ता गतिविधि बजारमा देखिन्थ्यो । नेपाल फाइनान्स, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्स जस्ता कम्पनीहरु निकै चलेका थिए र हालपनि यी कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिन्छ ।  

त्यस्तै, व्यापार समूहका लगानीकर्ताले पनि ७३.६० प्रतिशतसम्म नाफा कमाएका छन् । गत आवको ५ महिनासम्ममा २८३९.८९ विन्दुमार रहेको व्यापार उपसूचक चालु आवको सोही अवधिसम्म ४९३०.०८ विन्दुमा पुगेको छ ।  

व्यापार समूहअन्तर्गत विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन रहेका छन् । पछिल्लो समय विशाल बजार कम्पनीको सेयरभाउ ह्वात्तै बढेकाले यो उपसूचक नै उल्लेख्य बढ्न पुगेको हो ।  

यसका साथै वाणिज्य बैंकका लगानीकर्ताले १९.२७ प्रतिशत, विकास बैंक समूहका लगानीकर्ताले ४४.३४ प्रतिशत, जीवन बीमा समूहका लगानीकर्ताले १६.६० प्रतिशत, निर्जीवन बीमा समूहका लगानीकर्ताले १७.३० प्रतिशत, माइक्रोफाइनान्स समूहका लगानीकर्ताले ४०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले ३३.४१ प्रतिशत, होटल समूहका लगानीकर्ताले २२.१० प्रतिशत, म्युचुअल फण्ड समूहका लगानीकर्ताले १७.८१ प्रतिशत, लगानी समूहका लगानीकर्ताले ४४.४९ प्रतिशत, हाइड्रोपावर समूहका लगानीकर्ताले ५९.७२ प्रशित र अन्य समूहका लगानीकर्ताले ३१.३३ प्रतिशतले नाफा कमाएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.