बुधबार, असार १०,२०८३ 06:33:52
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:33:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नबिल बैंकको सहकार्यमा कर्जा सदुपयोगितासम्बन्धी अन्तरक्रिया

Laxmi Sunrise Bank Limited
नबिल बैंकको सहकार्यमा कर्जा सदुपयोगितासम्बन्धी अन्तरक्रिया

काठमाण्डौ। काठमाण्डौको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नबिल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अन्तर्क्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरुबीचमा छलफल भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगितासम्बन्धी प्रशिक्षण दिएका थिए ।  

छलफलबाट प्राप्त राय सुझावसम्बन्धीत बैंक तथा वित्तिय संस्थाहरुलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैँकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिएका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, अन्तरक्रियामा उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरु निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैँकका पूर्व सञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.