काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)नियुक्तिको लागि दरखास्त आह्वान गरिएको छ । नेप्सेको सीईओ पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
सीइओ पदका लागि फागुन १८ गतेसम्म आवेदन दिनु पर्नेछ । इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको सिंहदरबारमा रहेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनु पर्नेछ । आवेदन दिदा गोप्य खामवन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नु पर्ने सूचनामा उल्लेख छ ।
आवश्यक योग्यता तथा अनुभवः
(क) धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम १६क बमोजिम देहायको योग्यता भएको,
(अ) अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात बर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र बर्षको कार्य अनुभव भएको, ‘यस नियमको प्रयोजनको लागि उच्च व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सो को दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनुपर्दछ ।’
(आ) नेपालको नागरिक भएको ।
(ख) धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य नभएको,
(ग) अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ (ग) बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको,
(घ) अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम देहायको अयोग्यता नरहेको
(अ) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको,
(आ) प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, ९इ० कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको,
(ई) मानसिक सन्तुलन ठीक नभएको
२. आवेदन पेश गर्ने प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात
(अ) आवेदनसाथ अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित ‘नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिमको कागजात तथा विवरणहरू आवेदक स्वयम्रुले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नु पर्नेछ ।
(आ) आवेदनसाथ ‘नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ को दफा ४ बमोजिमको व्यावसायिक कार्ययोजना चार प्रति खामवन्दी गरी पेश गर्नु पर्नेछ । खामवन्दी प्रस्तावको खामबाहिर आवेदकको नाम र ‘नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन तथा व्यावसायिक कार्ययोजनाू उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।
३. दस्तुरः
आवेदन दस्तुर बापत अर्थ मन्त्रालयको कार्यालय कोड नं. ३०५००३५०१, राजस्व खाताः १०००१००२०००१०००० तथा राजस्व शीर्षकः १४२२४ मा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सिंहदरबार शाखामा रु. ७ हजार ५०० सय रुपैयाँ बुझाएको सक्कलै भौचर पेश गर्नु पर्नेछ ।
४. पारिश्रमिक
प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल स्टक एक्स्चे लिमिटेडले तोके बमोजिम हुनेछ ।
५. अन्य विवरण
(अ) आवेदन तथा सिफारिस प्रक्रिया सम्बन्धी विस्तृत विवरण अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित ‘नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ मा उपलब्ध रहेको छ ।
(आ) यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ । कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेश गरेमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (131).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                