मंगलवार, श्रावण १२,२०८३ 09:39:35
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 09:39:35
Bizshala
Global IME Bank Limited

सुस्ता घटनामा सरकारले चाल्नेछ आवश्यक कदम : प्रवक्ता पोखरेल

सुस्ता घटनामा सरकारले चाल्नेछ आवश्यक कदम : प्रवक्ता पोखरेल
New Office

काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको घटनाप्रति सरकारले चासो व्यक्त गर्दै आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल गर्ने जनाएको छ।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुस्तावासीले नेपाली भूमिको रक्षा गर्दै आएको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गरे।

‘सुस्तामा बसोबास गर्ने नागरिकहरूले वर्षौंदेखि आफ्नो भूमि र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै आउनुभएको छ।  

उहाँहरूको प्रतिबद्धता र साहस प्रशंसनीय छ,’ मन्त्री पोखरेलले भने, ‘यस घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आवश्यक पहल र प्रक्रिया अघि बढाउनेछ।’

सुस्ता क्षेत्रमा शुक्रबार भारतीय सुरक्षाकर्मी नेपाली भूभागतर्फ प्रवेश गरेको भन्दै स्थानीयवासी र एसएसबीबीच विवाद भएको थियो।  

स्थानीयहरूले सीमारेखा पार गरी नेपाली भूमिमा प्रवेश भएको दाबी गर्दै त्यसको विरोध जनाएका थिए।

घटनापछि सीमा क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भए पनि अवस्था नियन्त्रणमा रहेको जनाइएको छ। 

सरकारले घटनाबारे सम्बन्धित निकायमार्फत जानकारी संकलन गरिरहेको र आवश्यक परे कूटनीतिक माध्यमबाट विषय उठाइने संकेत गरेको छ।

सुस्ता क्षेत्र नेपाल–भारत सीमाको संवेदनशील भू-भागमध्ये एक मानिन्छ।  

विगतमा पनि यस क्षेत्रमा सीमासम्बन्धी विवाद र अतिक्रमणका विषय समय–समयमा उठ्दै आएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.