शनिबार, बैशाख १३,२०८२ 09:47:15
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:47:15
IME remit
Global IME Bank Limited

जीवन बीमकहरुको कुल व्यवसायको ९% रकम सरेण्डर, एलआइसी नेपालको व्यवसाय धराप हुँदै

Hyundai Nepal
जीवन बीमकहरुको कुल व्यवसायको ९% रकम सरेण्डर, एलआइसी नेपालको व्यवसाय धराप हुँदै
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट साढे ८ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा जीवन बीमा कम्पनीबाट ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।  

प्राधिकरणका अनुसार सो अवधिसम्म ६२ हजार ५२३ वटा बीमालेख समर्पण भएको हो । पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ । बीमितहरुमा अवधि परिपक्व नहुँदै बीमालेख त्याग गर्ने प्रवृत्ति बढ्दा जीवन बीमा क्षेत्रमा नराम्रो धक्का पुगेको छ ।  

जीवन बीमकहरुले चालु आवको ७ महिनासम्ममा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सो अवधिसम्म सरेण्डर भएको रकम कुल व्यवसायको ९ प्रतिशत रकम हो । जीवन बीमकहरुले व्यवसाय उल्लेख्य बढाएपनि मासिक दरमा सरेण्डरमार्फत अर्बौ रकम बाहिरिँदै गएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बीमा पोलिसी समर्पण गर्नेको संख्या घटाउन नेपाल बीमा प्राधिकरणले विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । 

साथै, जीवन बीमा कम्पनीहरुले समेत बीमालेख त्याग नहोस् भन्ने हेतुले व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराउन नविकरण शुल्कमा शतप्रतिशत छुट दिदैं आइरहेको छ । तर बीमा कम्पनीहरुले ल्याएका यस्ता योजनाहरु प्रभावकारी हुन सकिरहेको छैन ।  

सो अवधिसम्म सबैभन्दा बढी एलआइसी नेपालबाट बीमालेख समर्पण भएको छ । कम्पनीबाट १५ हजार ३६२ बीमालेख बापत २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको छ ।  

यो रकम कुल सरेण्डर रकमको ३०.२४ प्रतिशत रकम हो । कम्पनीले सो अवधिसम्म ११ अर्ब १७ करोड ०९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । एलआइसी नेपालबाट कुल व्यवसायको २३.२५ प्रतिशत रकम हो । ७ महिनासम्ममा एलआइसी नेपालको कुल व्यवसायको २३ प्रतिशत रकम सरेण्डरमार्फत बाहिरिँदा कम्पनीको व्यवसाय धरापमा आउन सक्ने सम्भावना बढेको छ ।  

त्यस्तै, नेपाल लाइफबाट पनि सो अवधिसम्म १४ हजार २५ वटा बीमालेख बराबरको २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको छ । यो रकम कुल सरेण्डर रकमको २७.५० प्रतिशत रकम हो ।  

Muktinath Bikas Bank Limited

यसका साथै राष्ट्रिय जीवन बीमा कम्पनीबाट ८ हजार ४९१ वटा बीमालेख बराबरको ७८ करोड ६४ लाख रुपैयाँ, नेशनल लाइफबाट ३ हजार ७२० वटा बीमालेख बराबरको ५५ करोड १५ लाख रुपैयाँ, एशियन लाइफबाट ५ हजार १११ वटा बीमालेख बराबरको ५४ करोड १९ लाख, सुर्यज्योति लाइफबाट ३ हजार ४८३ वटा बीमालेख बराबरको ४६ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफबाट ४ हजार १३७ वटा बीमालेख बराबरको ३७ करोड ८१ लाख रुपैयाँ, मेट लाइफबाट २ हजार ९५ वटा बीमालेख बराबरको २४ करोड १२ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफबाट १ हजार ७७ वटा बीमालेख बराबरको १५ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।  

त्यस्तै, सिटिजन लाइफबाट १ हजार ६६० वटा बीमालेख बराबरको १४ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफबाट ८८२ वटा बीमालेख बराबरको १२ करो ४६ लाख रुपैयाँ, आइएमई लाइफबाट १ हजार ७३ वटा पोलिसी बराबरको १२ करोड ३१ लाख, रिलायबल नेपाल लाइफबाट ९६५ वटा बीमालेख बराबरको ६ करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफबाट ४४२ वटा बीमालेख बराबरको ४ करोड ५५ लाख रुपैयाँको पोलिसी त्याग भएको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.