सोमबार, जेष्ठ ४,२०८३ 05:24:24
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:24:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.१५ खर्ब लोन, कुनबाट कति ?

Laxmi Sunrise Bank Limited
लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.१५ खर्ब लोन, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब भन्दा बढी लोन लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा लगानीकर्ताहरुले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट सेयर धितो राखी १ खर्ब १५ अर्ब ५२ करोड रुपैयाँ ऋण लिएका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५.५४ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट सेयर खरिद गर्न वा अन्य प्रयोजनका लागि ८५ अर्ब २३ करोड रुपैयाँ ऋण लिएका थिए ।  

७ महिनासम्ममा सर्वाधिक वाणिज्य बैंकहरुबाट यो प्रवृत्तिको ऋण प्रवाह भएको छ । वाणिज्य बैंकहरुबाट मात्रै सो अवधिसम्म ९३ अर्ब १२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा ३९.७२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुले ऋण लिन ६६ अर्ब ६५ करोड रुपैयाँ सेयर धितो राखेका थिए ।  

Bizshala
New Office
CG Motors

हिमालयन बैंक र एनआइसी एशिया बैंकबाहेक सबै बैंकबाट यस्तो कर्जा प्रवाह बढेको छ । नेपाल एसबिआई बैंकको सेयर धितो कर्जा प्रवाह भने गत आवको तुलनामा १९५५.९८ प्रतिशतले बढेको छ भने ७ महिनासम्ममा सर्वाधिक नबिल बैंकबाट १२ अर्ब ९५ करोड रुपैयाँको कर्जा प्रवाह भएको छ ।  

त्यस्तै, विकास बैंकहरुबाट पनि सो अवधिसम्म १८ अर्ब ३० करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २२.८५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुबाट १४ अर्ब ८९ करोड रुपैयाँको सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म एक्सेल डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक बाहेक सबैको यस्तो कर्जा प्रवाह बढेको  छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, फाइनान्स कम्पनीहरुबाट भने सो अवधिसम्म ४ अर्ब ९ करोड रुपैयाँ सेयर धितोकर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा ११.२६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुबाट ३ अर्ब ६७ करोड रुपैयाँ सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म गुडविल फाइनान्स, पोखरा फाइनानस, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स र रिलायन्स फाइनान्सको यस्तो कर्जा प्रवाह घटेको छ भने बाँकी सबैको बढेको छ । सर्वाधिक सेन्ट्रल फाइनान्सको यस्तो कर्जा प्रवाह ३२४.०८ प्रतिशतले बृद्धि भएको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.