बिहीबार, श्रावण १४,२०८३ 09:21:27
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:21:27
Bizshala
Global IME Bank Limited

तीनकुनेको आगलागीमा पत्रकारको मृत्यु, उनलाई बचाउन साथीले यसरी गरेका थिए हारगुहार(भिडियोसहित)

तीनकुनेको आगलागीमा पत्रकारको मृत्यु, उनलाई बचाउन साथीले यसरी गरेका थिए हारगुहार(भिडियोसहित)
New Office

काठमाण्डौ । काठमाण्डौको तीनकुनेमा अवस्थित निजी घरमा भएको आगलागीमा परी फसेका भनेर आशंका गरिएका व्यक्तिको शव भेटिएको छ । पत्रकारहरुले त्यहाँ आफ्नो साथी फसेको बताए पनि उद्धारमा ध्यान नदिई कोही नभेटिएको जानकारी दिएको थियो । 

तर केहीबेरअघि सो भवनमा जलेर एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको खुलेको हो । उनको डढेको अवस्थाको शव भवनभित्र फेला परेको छ ।  

तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा त्यहीको एउटा निजी घरमा आगलागी भएको थियो । 

आगलागी हुनुभन्दा केहीबेरअघि मात्र सो भवनमा चढेर दृश्य कैद गर्न गएका रजक एकाएक सम्पर्कविहीन भएका थिए । उनका साथीले त्यहाँ आफ्नो साथी रहेको र फसेको भन्दै रोइकराई गरेको भिडियो यो समाचारको अन्त्यमा दिइएको लिंकबाट हेर्न सकिन्छ ।  

तीनकुनेस्थित घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार भर्खरै पुगेका छन् ।  

साथीले रोइकराई गर्दै गर्दाको भिडियो लिंक

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.