बिहीबार, श्रावण १४,२०८३ 08:49:37
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 08:49:37
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक आज बस्दै, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने
New Office

काठमाण्डौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ।

यसैबीच, संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक पनि आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कार्यसूची रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.