बिहीबार, बैशाख ३१,२०८३ 11:42:40
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:42:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजार घट्दा यी हुन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने कति बेचे ?

Laxmi Sunrise Bank Limited
बजार घट्दा यी हुन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने कति बेचे ?
Shivam Cement

काठमाण्डौं । साताको अन्तिम कारोबार दिन दोस्रो बजारमा करिव २९ अंकको गिरावट आएको छ । परिसूचक घटेपनि आज कारोबार भने वृद्धि भएको छ । आज बजार घट्दा १० ब्रोकरबाट उच्च खरिद–बिक्री भएको छ ।  

आज उच्च बिक्री गर्नेमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ रहेको छ । यो ब्रोकरबाट १८ करोड ४८ लाख रुपैयाँबराबरको बिक्री भएको छ भने १३ करोड ८० लाख रुपैयाँबराबरको खरिद भएको छ । दोस्रो स्थानमा भिजन सेक्युरिटिज  स्टक ब्रोकर नम्बर ३४ रहेको छ । भिजन सेक्युरिटिजबाट १० करोड रुपैयाँबराबरको खरिद हुँदा ९ करोड ७३ लाख बराबरको बिक्री भएको छ ।  

त्यसै गरि तेस्रो स्थानमा रहेको सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ ले ८ करोड ४८ लाखको खरिद गरेको छ भने ९ करोड ५८ लाखको बिक्री गरेको छ ।

Bizshala
New Office
CG Motors

९ करोड ३४ लाखबराबरको खरिद र ८ करोड ६६ लाखबराबरको बिक्री गरेको इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ चौथो स्थानमा रहेको छ ।  

धेरै कारोबार गर्नेको ५ औं स्थानमा रहेको डाइनामिक मनी म्यानेजर स्टक ब्रोकर नम्बर ४४ ले ७ करोड १६ लाखको खरिद गरेको छ भने ९ करोड ६२ लाखको बिक्री गरेको छ ।

छैटौं स्थानमा रहेको अनलाइन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४९ बाट ८ करोड २५ लाखको खरिद र ८ करोड ४२ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

यस्तै ७ औं स्थानको अग्रावाल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६ बाट १० करोड ८७ लाखको खरिद र ५ करोड ५० लाखको बिक्री भएको छ ।  

८ औं स्थानमा रहेको आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ बाट ८ करोड २३ लाख र ७ करोड ५९ लाख रुपैयाँबराबरको बिक्री भएको छ । नबौं स्थानको दीप शिखा धितोपत्र कारोबार कम्पनीबाटे ७ करोडको खरिद र ८ करोड १० लाख बिक्री भएको छ । १० औं स्थानमा रहेको दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३३ बाट ८ करोडको खरिद र ६ करोड १८ लाखको बिक्री भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.