आईतवार, श्रावण १०,२०८३ 04:16:38
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 04:16:38
Bizshala
Global IME Bank Limited

आगामी आ.ब.को बजेट तथा कार्यक्रमका लागि सरकारले सुझाव माग्यो, यसरी पठाउन सकिन्छ

आगामी आ.ब.को बजेट तथा कार्यक्रमका लागि सरकारले सुझाव माग्यो, यसरी पठाउन सकिन्छ
New Office

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सरकारले नागरिकहरुबाट सुझाव मागेको छ ।  

अर्थमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी काम सुरुवात भइसकेकोले नागरिकहरुबाट समेत आवश्यक सुझाव मागिएको बताएको छ । 

आगामी आर्थिक वर्षकाको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना सुझावहरु आगामी २०८२ बैशाख मसान्तभित्र पठाउन भनिएको छ ।

आफ्ना अमूल्य सुझावहरु आगामी २०८२ बैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनुहुन विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकमा हार्दिक अनुरोध गरिन्छ । सूचनामा भनिएको छ ।  

सुझावहरु अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा रहेको बजेट सुझावमार्फत तथा इमेलबाट समेत पठाउन सकिने व्यवस्था मिलाइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.