आईतवार, श्रावण १०,२०८३ 04:23:57
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 04:23:57
Bizshala
Global IME Bank Limited

सत्ता समीकरण फेरिएपछि लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिने

सत्ता समीकरण फेरिएपछि लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिने
New Office

 

काठमाण्डौ । केन्द्र तथा प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्।

नयाँ राजनीतिक समीकरण बनेपछि वर्तमान सरकारमा बसिरहनु राजनीतिक तथा नैतिक रूपमा उचित नहुने निष्कर्षमा पुगेका कांग्रेसका मन्त्रीहरूले पद त्याग्ने तयारी गरेका हुन्।

मन्त्रीहरूले आइतबार नै राजीनामा बुझाउने तयारी गरेका थिए। तर सार्वजनिक बिदा परेको र मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेका कारण राजीनामा बुझाउने कार्यक्रम सोमबारका लागि सारिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्।

उनका अनुसार कांग्रेसबाट सरकारमा सहभागी सबै मन्त्रीले सामूहिक रूपमा मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउनेछन्।

लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले पनि कांग्रेसका सबै मन्त्रीले सोमबार नै पदबाट राजीनामा दिने तयारी गरेको पुष्टि गरेका छन्।

प्रदेश सरकारमा कांग्रेसबाट खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना, पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन्।

लुम्बिनी प्रदेशमा २०८१ साउनमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा एमाले नेतृत्वको सरकार गठन भएको थियो। एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्।

तर प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्यसहित शनिबार एमाले र नेकपाबीच तीनबुँदे सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिने अवस्थामा पुगेको हो। कांग्रेसका मन्त्रीहरूको राजीनामासँगै लुम्बिनी प्रदेश सरकारको वर्तमान गठबन्धन औपचारिक रूपमा भत्किने र नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढ्ने देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.