लुम्बिनीमा ‘असारे विकास’: २५ दिनमै वार्षिक बजेटको २० प्रतिशत खर्च
काठमाण्डौ । आर्थिक वर्षका सुरुवाती महिनामा बजेट खर्चमा सुस्त देखिएको लुम्बिनी प्रदेश सरकारले अन्तिम महिना असारमा भने खर्चको गति अस्वाभाविक रूपमा बढाएको छ। प्रदेश सरकारले असारको २५ दिनमै वार्षिक बजेटको करिब २० प्रतिशत अर्थात् ७ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ खर्च गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक विवरणअनुसार चालु...

