आईतवार, फाल्गुन ३,२०८२ 09:27:07
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 09:27:07
Bizshala
Global IME Bank Limited

दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव , के गर्ला सेबोन ?

दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव ,  के गर्ला सेबोन ?
Shivam Cement

काठमाण्डौ। पूँजी बजारमा एनआरएन भित्र्याउनु पर्ने सेयर लगानीकर्ताहरुले लामो समयदेखि मागले फेरि एकपटक महत्व पाएको छ । नेपाल सरकारले गठन गरेको  उच्च स्तिरिय आर्थिक सुझाव आयोगले दोस्रो बजारमा  गैर–आवसिय नेपालीलाई पनि लगानी गर्ने बाटो खोल्न सुझाव दिएसँगै यो विषयले फेरि चर्चा पाएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आयोगका अध्यक्ष रामेश्वर खनालले दिएको आर्थिक प्रतिेवदनमा पूँजी बजारमा बाह्य पूँजी प्रवाह हुने उपाय खोज्न आबश्यक रहको सुझाव दिइएको छ । उक्त सुझावमा थप भनिएको छ, ‘प्राथमिक र दोस्रो बजारमा गैर आवसिय नेपालीहरुलाई सहज पहुँच दिँदा वित्तीय साधन अर्थात पूँजी नेपाल भित्रिने छ । यस्तो लगानी सँगै गैरआवसिय नेपालीहरुको ज्ञान र नेटवर्क भित्रिने हुँदा आर्थिक गतिबिधि पनि फस्टाउने छ । यधपि बह्य पूँजी भित्राउँदा अल्पकालिन रुपमा पूँजी आगमन र बर्हिगमन भई बित्तिय स्थाइत्वमा पर्न सक्ने नकरात्मक प्रभावलाई पनि ध्यान दिनु पर्ने छ ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रतिवेदनमा भनिएको छ ‘ लगानी तथा प्रविधि हस्तान्त्रण ऐन २०७५ दफा ९ र १० परिमार्जन गरि गैर आवसिय नेपालीको हकमा पूँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैर–आवसिय नेपाली नगारिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने ब्यबस्था गर्ने ।’ लगानीकर्ताले सेयर खरिद गर्न भित्राइएको रकममा एक वर्षमा २ पटक पचास–पचास प्रतिशतले फिर्ता लान सक्ने सुझाव आयोगले दिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.