काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् । वैशाख ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैेठकले पौडेललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई संस्थाको आगामी साधारण सभासम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो । उनी सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुनेगरी सञ्चालकमा नियुक्त भएका हुन् ।
नवनियुक्त सञ्चालक बलराम पौडेलको नेपाल सरकारको उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयद्वारा सञ्चालित ‘ग्रामीण उद्यमतथा रेमिट्यान्स परियोजना’मा प्रशिक्षण विशेषज्ञ, तत्कालिन सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक, साना किसान विकास बैंक लगायत गरी बैंकिङ तथा लघुवित्त क्षेत्रमा करिब ३९ वर्षको कार्यअनुभव रहेको छ । उनले समाजशास्त्र विषयमा स्नाकोत्तर तथा अर्थशास्त्र विषयमा स्नातकको उपाधी हासिल गरेका छन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गर्न मद्दत पुग्नुको साथै नेपालमा रहेका लघुवित्त वित्तीय संस्थाहरुको माझमा एक अग्रणी, सवल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।