काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ९.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१० प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले घटेको छ ।
आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७१ प्रतिशतले बढेर ४६९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशिनय लाइफको ०.६३ प्रतिशत, सिटिजन लाइफको ०.६७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.८४ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.६१ प्रतिशत, हिमालयन लाइफको ०.१५ प्रतिशत, आइएमई लाइफको ०.२३ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको ०.५३ प्रतिशतले बढेको छ ।
यसका साथै आइजीआई प्रुडेन्सियलको ०.०९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४० प्रतिशत, सलिकोको ०.३४ प्रतिशत, सानिमा जिआइसीको १.३५ प्रतिशत, शिखरको ०.३३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८४ प्रतिशत र युनाइटेड अजोडको ०.२३ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउनेमा भने नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३३ प्रतिशतले घटेर ५९५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.१९ प्रतिशत, एनएलजीको ०.६७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.०१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१७ प्रतिशत, आरबीसीएलको ०.९८ प्रतिशत, एलआइसी नेपालको ०.१२ प्रतिशत, नेशनल इन्स्योरेन्सको १.२७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०२ प्रतिशत, सूर्यज्योति लाइफको ०.७० प्रतिशत र हिमालयन रि को ०.७० प्रतिशतले घटेको छ ।

