सोमबार, असार १५,२०८३ 07:59:52
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:59:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने ३.४३ अर्बमा सीमित

Laxmi Sunrise Bank Limited
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने ३.४३ अर्बमा सीमित

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । पछिल्लो समय निरन्तर झरिरहेको सेयरबजारमा आज ०.३२ प्रतिशत अर्थात ८.७८ अंकले बढेको छ । यससँगै आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक २ हजार ७१२.८६ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले बढेर ४६२.३२ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३३५ वटा स्क्रिप्टका ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४३ करोड ९० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘केही दिनयता सेयरबजार निरन्तर घटिरहेको छ, आज बजारमा सामान्य सुधार देखिनु सामान्य प्रक्रिया मात्रै हो । बजार सँधै घटिरहने र सँधै बढीरहने अवस्था पनि रहँदैन तर पछिल्लो केही दिनयता भने बजार निरन्तर घट्दै आएको थियो, जसकारण आज सामान्य सुधार मात्रै देखिएको हो ।’

उनले थपे, ‘बजार यसरी घटिहाल्नुपर्ने कारण त थिएनन् पछिल्लो समय लगानीकर्ताको मनोबल उच्च हुन नसक्दा बजारलाई असर परेको छ । यतिबेला सेयर लगानीकर्ताहरु सस्तोमा सेयर बेच्न चाहिरहेका छैनन र खरिदकर्ता पनि त्यति देखिएका छैनन्, जसकारण पछिल्लो समय सेयरबजारमा भोल्युम घटिरहेको अवस्था छ । लगानीको लागि माहोल राम्रो भइनसकेका कारण अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् ।’

New Office
CG Motors
Garima Development Bank

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.४३ प्रतिशत, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फण्ड ०.४४ र अन्य ०.०८ प्रतिशतले बढ्यो ।

यो दिन व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ०.२९ प्रतिशतले घट्यो ।

यस्तै विकास बैंक समूह ०.०४ प्रतिशत, फाइनान्स ०.१२, होटल ०.०६, लघुवित्त ०.२१ र निर्जीवन बीमा ०.१२ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज सोलु हाईड्रोको सर्वाधिक अर्थात २३ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ७८ लाख, नेशनल हाईड्रोपावरको ११ करोड ५२ लाख, आँखु खोला जलविद्युतको ८ करोड १५ लाख र पाल्पा सिमेन्टको ७ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज अपर लोहरे खोला हाईड्रोको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ११.१६ प्रतिशतले बढ्यो ।

यस्तै सोलु हाईड्रोको ७.५६, धौलागिरी लघुवित्तको ७.०४ र झापा इनर्जीको सेयरमूल्य ४.८० प्रतिशतले बढ्यो ।  

यो दिन फर्वार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.३१ प्रतिशतले घट्यो । सुपरखुदी हाईड्रोको सेयरमूल्य पनि आज ३.१३ प्रतिशत र रावा इनर्जीको सेयरमूल्य ३ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.