काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । काठमाण्डौमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आन्दोनबाट कसैलाई पनि लाभ नहुने भएकाले वार्तामा आउन आग्रह गरे । उनले यसबाट विद्यार्थी र अभिभावकलाई प्रभावित बनेको बताउदै यथाशिघ्र वार्तामा आउन आग्रह गरे । ‘वार्तामा आउनुस्, कुरा गर्नुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस्,’ ’ सम्म्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै प्रधानमन्त्रीले भने ।
उक्त अवसरमा प्रधानमन्त्रीले शिक्षकहरुको मागप्रति सरकार नकारात्मक नभएको समेत बताए । सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरु गत चैत २० गतेदेखि काठमाण्डौ केन्द्रीत आन्दोलनमा छन् । उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेका छन् ।