शुक्रबार, जेष्ठ १,२०८३ 06:29:45
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:29:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

फेड अध्यक्षसँग ट्रम्पको टकरावका कारण अमेरिकी सेयर बजार ओरालो यात्रामा

Laxmi Sunrise Bank Limited
फेड अध्यक्षसँग ट्रम्पको टकरावका कारण अमेरिकी सेयर बजार ओरालो यात्रामा
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केन्द्रीय बैंक,‘फेडरल रिजर्भ(फेड)का अध्यक्षमाथि आक्रामक रुपमा प्रस्तुत भएसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । ब्याजदर घटाउन नमानेका फेड अध्यक्ष जेरोमी पावेललाई ट्रम्पले,‘मेजर लुजर’भन्दै टिप्पणी गरेका छन् ।  

उनले सामाजिक सञ्जालमा अर्थतन्त्रलाई उकास्नका लागि पावेललाई ब्याजदर घटाउन निर्देशन दिदै आर्थिक विकासको मामिलामा पोवेल सुस्त भएको बताएका छन् ।  

Bizshala
New Office
CG Motors

ट्रम्पको ट्यारिफ नीतिकै कारण आर्थिक मन्दीको भयसँगै सेयर बजारमा आईरहेको बिक्रिी दबाबकैबीच ट्रम्पले पावेलमाथि अर्थतन्त्रलाई सहि दिशामा डोर्याउन नसकेको आरोप लगाएका हुन् ।  

आफ्नो पहिलो कार्यकालमा फेडको अध्यक्षमा लागि सिफारिस गरेका पोवेलसँगको टकरचावले अमेरिकी सेयर बजारमा थप संकट निम्त्याएको छ । सोमबार एस एण्ड पी५०० इनडेक्स २.४ प्रतिशतले घट्यो । यो वर्ष मात्रै एस एण्ड पी इन्डेक्स १२ प्रतिशतले घटिसकेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै डाउ जोन्स इन्डष्ट्रियल एभरेज पनि २.४ प्रतिशतले खस्किएको छ । यो इनडेक्स पनि यो वर्ष १० प्रतिशतले घटेको छ ।  

उता अर्को इन्डेक्स नास्डक पनि सोमबार २.५ प्रतिशतले घट्यो । जनवरीदेखि हालसम्म नास्डकमा १८ प्रतिशतको गिरावट आईसकेको छ ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.