काठमाण्डौ । जापानले २५ वर्ष अवधिमा पहिलोपटक दक्षिण कोरियाबाट चामल आयात गरेको छ । जापान सरकारले चामलको अभावका कारण बढ्दो मूल्य र उपभोक्ताको आक्रोशलाई सम्बोधन गर्ने प्रयास स्वरुप दक्षिण कोरियाबाट लामो समयको अन्तरालपछि चामल आयात गरेको हो ।
मिडिया रिपोर्टका अनुसार सन् १९९९ पछि पहिलोपटक दक्षिण कोरियाबाट जापानमा चामल आयात भएको हो । सरकारको प्रयासका बाबजुत यतिबेला जापानमा उत्पादन भएको घरेलु चामलको मूल्य आकाशिएको छ ।
जापानमा चामलको मूल्य एक वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । जसका कारण भारी भन्सार शुल्कका बाबजुत सस्तो विदेशी चामलको माग बढेको छ ।
गत अप्रिल ६ मा जापानमा ५ केजी चामलको औषत मूल्य ४२१४ येन(३० डलर) पुगेको थियो । जुन गत वर्षको तुलनामा दोब्बर हो । यसले जापान सरकारलाई आफ्नो ठूलो चामल भण्डारसम्बन्धी निर्णय लिन बाध्य पारेको थियो ।
बढ्दो मूल्यलाई नियन्त्रण गर्न मार्च महिनामा जापान सरकारले २ लाख १० हजार टनको चामल भण्डारलाई बजारमा आपूर्ति गर्न सुरु गरेको थियो । तर यसको प्रभाव न्यून देखियो । जापानमा रेकर्डतोड गर्मी, अभावको त्रासले आवश्यकताभन्दा बढी खरिद गरेर भण्डारण
मध्य मार्च महिनामा जापान सरकारले पहिलो बोलकबोलमा १ लाख ४२ हजार टन चामल बजारमा पठाएको थियो । तर महिनाको अन्त्यमा भने जम्मा ४२६ टन मात्रै सुपरमार्केट र अन्य आउटलेटहरुमा पुगेको थियो ।