काठमाण्डौ । एनआईएमबी स्टक मार्केट्स लिमिटेड(स्टक ब्रोकर नम्बर ७५)ले आइतबारदेखि नयाँ टीएमएस सुरु गरेको छ । कमलादीस्थित आईटी प्लाजामा रहेको यस ब्रोकरले डीजीहब कम्पनीको नयाँ टीएमएसबाट कारोबार सुरु गरेको हो ।
यस ब्रोकरका सीईओ सन्दिप कुमार दाहालले दिएको जानकारी अनुसार यो ब्रोकर बैंकहरुको सहायक कम्पनीमध्ये नयाँ टीएमएस सञ्चालन गर्ने पहिलो ब्रोकर बनेको छ । नयाँ टीएमएसमा मोबाइल एपको फिचर, अटो कोल्याट्रल लोड हुने सुबिधा , ग्राहकको डेबिट क्रेटिड हिसाब आफै हेर्न सकिने तथा प्राविधिक पक्षको बजार विश्लेषण गर्न सकिने फिचर रहेको रहेको सीईओ दाहालले जानकारी दिए ।
डीजी हबले अब यही साता थप २ वटा ब्रोकरहरु अरुण सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३) र ओपल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४) पनि लाइभमा जाने जानकारी दियो । त्यसैगरि क्रियटिभ सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४०) , इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) पनि पक्रियामा रहेको कारण छिट्टै लाइभ कारोबारमा जाने डीजीहबले जनाएको छ । यसअघि नै पाँच वटा ब्रोकरहरु नयाँ टीएमएसको लाइभमा गईसकेका छन् ।