Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रमुख मन्त्रालयमा नयाँ गठबन्धनबीच तानातान, अर्थ आफैंले राखेर गृह एमालेलाई दिने प्रचण्डको चाहना

Global IME Bank Limited
प्रमुख मन्त्रालयमा नयाँ गठबन्धनबीच तानातान, अर्थ आफैंले राखेर गृह एमालेलाई दिने प्रचण्डको चाहना
Nabil Bank Limited

काठमाण्डौ । एमाले, माओवादी र रास्वपासहितको सहभागितामा नयाँ सत्ता समीकरण बनेसँगै प्रमुख मन्त्रालय कसले लिने भन्ने विषयमा दलहरुबीच लुछाचुँडी देखिएको छ ।  

प्रमुख र आकर्षक मन्त्रालय कुन दलले लिने भन्ने विषयमा दलहरुबीच झगडा देखिएको हो ।  

पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन गठन तथा आजै मन्त्रीपरिषद पुनर्गठन गरी सानो आकारको मन्त्रीपरिषद विस्तार गर्ने सहमति भए पनि मुख्य मन्त्रालयका विषयमा दलहरुबीच भागबण्डा मिलेको छैन । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ सत्ता गठबन्धन नबन्दै त्यसमा सहभागी हुने दलहरुले मन्त्रालयमा आ आफ्नो दाबी गरेपछि आजै अढाई बजे पुनः बालुवाटारमा नयाँ गठबन्धनको बैठक बोलाइएको छ । सो बैठकमा गठबन्धनको निर्माण, मन्त्रालय बाँडफाँड तथा अन्य लेनदेनको विषयमा लिखित सहमति गर्ने नेताहरुको दाबी छ ।  

सहमति नहुँदा तानातान

यसैबीच, मन्त्रालय बाँडफाँडमा सहमति भइनसक्दै नेताहरुबीच हानाथाप र तानातान सुरु भएको छ । मुख्य गरी गृह, अर्थ, परराष्ट, रक्षा, सूचना तथा सञ्चार मन्त्रालय कुन दलले पाउने भन्ने विषयमा हानाथाप देखिएको छ ।  

एमालेले अघिल्लो वर्षको पुस १० गतेअघिकै सेटलाई सरकारमा सहभागी गराउन चाहेको छ । सेयर बजारका लगानीकर्ता र निजी क्षेत्रले समेत ब्राण्डको रुपमा हेर्ने विष्णु पौडेललाई उपप्रधानसहित अर्थमन्त्री बनाएर सरकारको नेतृत्व गर्न पठाउनुपर्ने आज बिहान बालकोटमा बसेको सचिवालय बैठकमा एकखालको सहमति छ ।  

तर, माओवादी अर्थमन्त्रालय आफैंसँग राख्न चाहन्छ । योपटक एमालेलाई गृह मन्त्रालय थमाएर अर्थमन्त्री आफैंले राख्ने र त्यसमा वर्षमान पुनलाई पठाउने प्रचण्ड चाहना छ ।  

यसरी अर्थमन्त्रीकै विषयमा पनि एमाले र माओवादीबीच सुरुमै तानातान देखिएको छ ।  

माओवादीले अर्थमन्त्री आफूसँग राखेर एमालेलाई गृहमन्त्रालयमा कन्भिन्स गर्न चाहेको बुझेपछि राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सुरुवातमै रुष्ट देखिएका छन् । उनी आफैं उपप्रधानसहित गृहमन्त्री समेत भई सरकारमा सहभागी हुन चाहिरहेका छन् । तर, प्रचण्डले गृह मन्त्रालय नदिने संकेत पाएपछि आज उनले पार्टी उपाध्यक्ष डीपी अर्याललाई मात्र सरकारमा पठाउन खोजेका बुझिएको छ ।  

प्रमुख मन्त्रालय र त्यसमा जाने नेताहरुको नाममा सहमति हुन समय लाग्ने देखिएपछि माओवादीले पनि आज हितबहादुर तामांगलाई मात्र मन्त्री बनाउने सम्भावना देखिएको छ ।  

एमालेबाट पदम गिरी मन्त्री बन्दैछन् ।  

विष्णु पौडेल, वर्षमान पुन, रवि लामिछाने लगायतका नेताहरुको सरकारमा सहभागिता र पाउने पोर्टफोलियोको विषय सके आजै, नभए भोलि टुंगो लगाउने शीर्ष नेताहरुको तयारी छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.