काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डबाट हकप्रदका लागि अनुमति पाउने कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स र राप्ति हाईड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेड रहेका छन् ।
एशियन लाइफले ४२ प्रतिशत अर्थात १ः०ं.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता र राप्ति हाईड्रोले शतप्रतिशत अर्थात ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासनका लागि स्वीकृती पाएका छन् ।
बोर्डले एशियन लाइफलाई वैशाख २६ गते र राप्ति हाईड्रोलाई वैशाख २५ गते अनुमति दिएको हो ।
दुवै कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।