शनिबार, बैशाख २७,२०८२ 04:26:43
IME remit
  • शनिबार, बैशाख २७,२०८२ 04:26:43
IME remit
Global IME Bank Limited

नेपालमा लगानी गर्न व्यवसायीलाई महासंघका अध्यक्ष ढकालको आग्रह

Hyundai Nepal
नेपालमा लगानी गर्न व्यवसायीलाई महासंघका अध्यक्ष ढकालको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकोले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ ।  

शुक्रवार काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिंदै लगानीको लागि आग्रह गरेको हो । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नेपालस्थित चिनीयाँ तथा बंगलादेशी दुतावासका प्रतिनिधी तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन नेपाल आएको दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न आग्रह गरे ।  

“चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, उर्जा कृषि तथा आइटी जस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरुलाई आग्रह गर्दछु । ” अध्यक्ष ढकालले भने ।  

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएको र लगानी गर्न चाहने व्यवसायीहरुका लागि सहजकिरण गर्न महासंघ तयार रहेको समेत बताए । 

यस्तै उनले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताको लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थलमात्र नभएर आपसी सहकार्य र व्यापार प्रवद्र्धनको उपर्युक्त माध्यम भएको बताए ।  

यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासंघमा  चिनीयाँ प्रतिनिधीमण्डलसंग छलफल भएको छ । 

Muktinath Bikas Bank Limited

छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताए ।  

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनीयाँ लगानी भइरहको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बाउन आफूहरु सधै तयार रहेको बताए । उनले दुई देशबीचको सीमापार व्यापारलाई सहज बनाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि थप सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

नेपालस्थित चिनीयाँ दुतावासका इकोनोमिक एण्ड कर्मश सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवासाय प्रर्वद्धन तथा चिनीयाँ सहयोगका लागि दूतावास सधैं सकारात्मक रहेको बताए ।  

छलफलका क्रममा महासंघका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनमा चीनीयाँ प्रविधि, पुँजी र अनुभवले महत्वपूर्ण योगदान दिने बताउँदै त्यसको लागि चिनीयाँ पक्षको सहयोग आवश्यक रहेको बताए ।  

यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरिन् ।  

यस्तै महासंघका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापनि उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरुको सहभगिताको लागि  थप सहयोग एवं सहकार्यका लागि चिनीयाँ पक्षलाई आग्रह गरे ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.