काठमाण्डौ । माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले २४ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको तुलनामा ६.०२ प्रतिशतले बढी हो ।
कम्पनीको विद्युत बिक्रीमार्फत ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले यो अवधिमा १ लाख ३८ हजार गैर सञ्चालन आम्दानी गरेको छ ।
त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च ६८ लाख ३५ हजार र वित्त खर्च १ करोड ९२ लाख रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ६८ लाख ४१ हजार रहेको छ । जुन अघिल्लो आवमा २७ लाख ७० हजार रहेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण) ०.८३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१.७४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८०.७८ रुपैयाँ र पिई रेसियो ८०३.३३ गुणा कायम भएको छ ।