काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.५३ अंकले घटेर २ हजार ६५०.११ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४६.३२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर १० अर्ब २० करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘पछिल्लो समय बजारलाई कारोबारले राम्रै साथ दिईरहेको छ । बजार यतिबेला सेक्टर परिवर्तन हुँदै चलिरहेको छ । जसले बजारलाई मजबुत बनाउदै लगेको छ ।’
उनले पूँजीगत खर्च बढ्ने क्रममा रहेको,तरलता अझै सहज हुने र लगानीमैत्री बजेट आउने सम्भावनाका कारण बजार केही दिनमै बढ्ने उनले अनुमान गरे । यस्तै अहिले बजारमा एक्युमुलेशन बढिरहेको समेत उनले बताए ।
अर्का बजार जानकार विरेन्द्र विष्टले पनि गभर्नर नियुक्तिमा भईरहेको ढिलाईको प्रभाव अझैपनि सेयर बजारमा देखापरिरहेको बताए । उनी पनि केही दिनभित्रै बजार सम्हालिनेमा ढुक्क देखिए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । होटल समूह आज सर्वाधिक अर्थात ६.५० प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२७ प्रतिशत,जीवन बीमा ०.३१,निर्जीवन बीमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५१, हाईड्रोपावर १.२६,लगानी १.५५,उत्पादन तथा प्रशोधन ०.३९,लघुवित्त ०.०९,म्युचुअल फण्ड ०.२८ र अन्य समूह १.५८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६६ करोड १० लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ६० करोड ६८ लाख, युनिभर्सल पावरको ५४ करोड ६७ लाख,सानिमा माई हाईड्रोको ५३ करोड ३३ लाख र बुटवल पावर कम्पनीको ३२ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,नेपाल फाइनान्स,आँखुखोला नेपाल माइक्रा इन्स्योरेन्स,क्रेष्ट माइक्रो लाइफ,हिमालयन हाईड्राृपावर, जोशी हाईड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
सोल्टी होटलको सेयरमूल्य पनि आज ८.७७ प्रतिशत,सिक्लेस हाईड्रोको ७.७६ र उन्नती सहकार्यको सेयरमूल्य ७.१३ प्रतिशतले बढ्यो ।
सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.४५ प्रतिशतले घट्यो । गुह्वेश्री मर्चेन्टको सेयरमूल्य पनि आज ५.६६ प्रतिशत र सिनर्जी पावरको सेयरमूल्य ५.०४ प्रतिशतले घट्यो ।