काठमाण्डौ । चालु आवको नौ महिनामा पौने १९ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरणअनुसार चैत मसान्तसम्म १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, सो अवधिसम्म १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपौँ बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
चैत मसान्तसम्म नेपाल धितोपत्र बोर्डले कुल २८ अर्ब ५८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
जसमा ११ अर्ब ६० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, रु।१० अर्ब ३७ करोड बराबरको हकप्रद सेयर, रु।४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब ७९ करोड बराबरको साधारण शेयर रहेको छ ।