काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आम्दानी र नाफामा सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको आम्दानी ३०.०२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४८ करोड ९० लाख आम्दानी गरेको छ । यस्तै कम्पनीले ८० लाख ५१ हजार रुपैयाँ अन्य आम्दानी समेत गरेको छ ।
अघिल्लो आवमा ९ करोड १६ लाख रहेको कम्पनीको कुल खर्च घटेर ८ करोड २० लाखमा सीमित बनेको छ । ७० करोड चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ९८ करोड १६ लाख र कुल चालु दायित्व ५७ करोड ३२ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७७.२४ गुणा र तरलता अनुपात १.७१ प्रतिशत कायम भएको छ ।