सोमबार, असार २,२०८२ 01:48:33
  • सोमबार, असार २,२०८२ 01:48:33
Global IME Bank Limited

साञ्जेन जलविद्युतको घाटा ११४% ले बढ्दै २४.२८ करोड पुग्यो, आम्दानी भने २८५% ले वृद्धि

Hyundai Nepal
साञ्जेन जलविद्युतको घाटा ११४% ले बढ्दै २४.२८ करोड पुग्यो, आम्दानी भने २८५% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी २४ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ११ करोड ३० लाख घाटामा थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८५.२७ प्रतिशतले बढी हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्म ९ लाख ४८ हजार रुपैयाँ वित्त आम्दानी र ३६ लाख ६३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च २ करोड ३ लाख, ह्रासकट्टी खर्च २४ करोड र कर्मचारी खर्च १ करोड ३४ लाख रहेको छ ।  

कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित मुनाफा ६३ करोड ८७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यो अवधिमा कुल चालु सम्पत्ति ४७ करोड १७ लाख र कुल चालु दायित्व ६७ करोड ५५ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.८७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८२.५० रुपैयाँ ऋणात्मक र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६१.४६ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.