मंगलवार, असार १०,२०८२ 07:34:25
  • मंगलवार, असार १०,२०८२ 07:34:25
Global IME Bank Limited

स्काईवेलको एक्सचेञ्ज अफर: लक्जरी ईभी एसयुभीमा अपग्रेड हुने मौका, यूरोप पनि घुम्न पाइने

Hyundai Nepal
स्काईवेलको एक्सचेञ्ज अफर: लक्जरी ईभी एसयुभीमा अपग्रेड हुने मौका, यूरोप पनि घुम्न पाइने
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि स्काईवेलका विद्युतीय सवारीको आधिकारिक बितरक जि मोटर्स प्रा.लि.ले 'स्काईवेल एक्सचेञ्ज अफर: अपग्रेड टू स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयुभी' सार्वजनिक गरेको छ ।  

प्री बजेटको एक बिशेष अफरको रुपमा कम्पनीले बजेटबाट मूल्यवृद्धि हुनुअगावै लक्जरी, प्रीमियम ईभी र रियल एसयुभिमा अपग्रेड हुने चाहनेका लागि सुनौलो मौकाको रुपमा यो अफर ल्याएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको नक्साल-काठमाडौं, राधेराधे-भक्तपुर, ईटहरी-सुनसरी, बिराटनगर, पोखरा र चितवनका सबै शोरुमबाट यो अफरमा सहभागी हुन सकिने जारी एक विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त अवसरमा हरेक स्काईवेल खरिद गर्ने प्रत्येकले चाहेको जोडीले युरोप टुरको अवसर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा बिशेष बोनस समेत प्राप्त गर्नेछन् ।  

स्वपूँजी कम हुनेका लागि २० प्रतिशत डाउनपेमेन्ट दिएर फाईनान्सको  सुविधा समेत रहेको जी. मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए। एक्सचेन्ज अफर २०८२ जेठ २ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म चल्ने बताइएको छ ।  

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि-५, ६२० किमि प्रीमियम बिद्युतीय एसयुभि बिक्री वितरण भईसकेका छन् भने शुरु भएको एक्सचेञ्ज अफरअन्तर्गत ७ वटा बुकिङ पनि भइसकेको छ । ईटि-५, बिई-११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसयुभि बिक्रीका लागि उपलब्ध छन् । 

नेपाली ग्राहकले यूरोपियन बजारमा अत्यधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू-भागमा सहजै यात्रा गर्नसक्ने कम्पनीको दाबी छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरु जस्तै : जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.