बिहीबार, बैशाख ३१,२०८३ 05:43:00
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:43:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

Laxmi Sunrise Bank Limited
नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?
Shivam Cement

काठमाण्डौ । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् । 
 

योसँगै अबधितोपत्र दोस्रो बजारमा सूचीकृत पुनर्बीमा कम्पनीको संख्या दुई पुगेको छ । 

Bizshala
New Office
CG Motors

हिमालयन रि-इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत पश्चात् लगानीकर्ताहरुमा दुई पुनर्बीमा कम्पनीमध्ये कुनमा लगानी गर्दा बढी फाईदा भन्ने चासोको विषय बनेको छ । 
 

नेपाल रि-इन्स्योरेन्स चाहिं सरकारी स्वामित्वको बीमा कम्पनी हो भने हिमालयन रि पब्लिक कम्पनी हो । नेपाल रिइन्स्योरेन्सको सेयर तीन वर्षअघि नै दोस्रो बजारमा सूचीकृत भएको थियो भने हिमालयन रि इन्स्योरेन्सको सेयर गत पुस २३ गते मात्रै सूचीकृत भएको हो । 
 

यतिखेर लगानीकर्ताहरुले आ-आफ्नै हिसाबले पुनर्बीमा कम्पनीको सेयरमा बढी प्रतिफल पाइन्छ भनेर चर्चा परिचर्चा गरिरहेका छन् । 
 

आजको तुलनात्मक कम्पनी विश्लेषणमा यी दुबै कम्पनीको वित्तीय तथ्यांकमा आधारित भएर केलाउने प्रयास गरिएको छ ।
 

प्राप्त तथ्यांक अनुसार अधिकांश सूचकमा नेपाल रि-इन्स्योरेन्स नै बलियो छ । सञ्चालनको आधारमा पनि कम्पनी पुरानो भएकाले व्यवसाय तथा अन्य वित्तीय सूचकहरु समेत बलियो भइसकेको छ ।
 

हिमालयन रि-इन्स्योरेन्स चाहिं दुई वर्षअघि मात्रै सञ्चालनमा आएकाले विस्तारै व्यवसाय विस्तार गरिरहेको छ । कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण हालसम्म पनि सार्वजनिक नगरेकाले यो श्रृंखलामा तेस्रो त्रैमासिक रिर्पोटको आधारमा कुन कम्पनीमा लगानी गर्दा लगानी उचित हुन सक्छ भन्ने विवरण दिएका छौं । 
 

तर यो विवरणका आधारमा लगानीकर्तालाई सेयर खरिद गर्न सिफारिस भने गरेको होइन । नेपाल रि-इन्स्योरेन्सको चुक्तापूँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ  भने हिमालयन रि-इन्स्योरेन्सको चुक्तापूँजी १० अर्ब रुपैयाँ छ । 
 

दोस्रो बजारमा सूचीकृत सेयरको संख्या कम हुँदा सप्लाईभन्दा डिमान्ड बढी हुन जान्छ । अर्थशास्त्रको नियमअनुसार जहाँ डिमाण्ड बढ्छ त्यहाँ वस्तुको मूल्य बढ्छ भनेजस्तै सेयरबजारमा पनि यहि सूत्र लागू हुन्छ । 
 

तर लगानी स्थिरताको लागि भने लगानीकर्ताहरुले कम्पनीको अन्य वित्तीय सूचकहरु नै हेर्नुपर्दछ । जस्तै, कम्पनीको रिजर्भ फण्ड, व्यापार तथा विजनेश, प्रोफिट, ईपीएस, नेटवर्थ  । 

Garima Development Bank
Shivam Cement
IME remit

बजार जानकारहरुका अनुसार दोस्रो बजारमा कम्पनीहरुको वित्तीय सूचकले मात्रै कम्पनीको अवस्था सबल छ भन्न सकिँदैन । बजार जानकार सरोज भट्टराई चाहिं दोस्रो बजारमा कम्पनीको चर्चासँगै डिमाण्ड बढ्न गयो भने त्यो कम्पनीको भाउ ह्वात्तै बढ्न सक्ने बताउँछन् । 
 

उनका अनुसार दीर्घकालिन लगानीका लागि भने लगानीकर्ताले स्वयं कम्पनीको वित्तीय सूचकहरु विश्लेषण गर्नुपर्दछ । 
हेर्नुस तालिकामा :

(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.