काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा परेको छ ।
कम्पनीले ४२ प्रतिशत अर्थात १ः०ं.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत वैशाख २६ गते हकप्रद निष्कासनका लागि अनुमति समेत पाईसकेको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।