काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ७.८२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २१ लाख ६९ हजार ८९१ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथामार्फत् बाँडफाँड हुनेछ ।
कम्पनीको आइपीओ १० कित्ताका दरले ३ लाख २९ हजार ६५० जनाले प्राप्त गर्नेछन् । यसर्थ १८ लाख ४० हजार भन्दा बढीको हात खाली हुनेछ ।