काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीहरुको हाल कायम रहेको ६० प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुनेगरी सेयरधनीहरुको सेयर संरचना सर्वसाधारण समूहमा परिवर्तन गर्न लागेको हो ।
संस्थाले सर्वसाधारण सेयरमा परिवर्तन गर्न इच्छा नभएमा संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको २१ दिनभित्र पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ ।
यदि उक्त मितिभित्र निवेदन प्राप्त नभएमा संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिणत गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।