काठमाण्डौ । काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको रिक्त रहेको सञ्चालकमा भोला प्रसाद पाठक नियुक्त भएका छन् । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले पाठकलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व हुनेगरी बाँकी रहेको कार्यकालका लागि सञ्चालक नियुक्त भएका हुन् ।