काठमाण्डौ । अनिल अम्बानी समूहको कम्पनी रिलायन्स पावरको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयरमूल्य मंगलबार करिब १२ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७० भारु पार पुगेको छ । १० वर्षभन्दा लामो अवधिमा पहिलो पटक कम्पनीको सेयरमुल्यले यो आँकडा पार गरेको हो ।
यसअघि नोभेम्बर २०१४ मा कम्पनीको सेयरमूल्यले ७० भारु नाघेको थियो। त्यसपछि अप्रिल २०१९ मा यो एक ‘पेनी स्टक’ बनेको थियो। पछिल्लो समय रिलायन्स पावरले धेरै परियोजना प्राप्त गरेको छ । अदालतको फैसला पनि कम्पनीको पक्षमा आएको छ । कम्पनीमा इक्विटी लगानी पनि भएको छ । कम्पनी मार्च त्रैमासमा पनि नाफामा फर्किएको छ । यी सबै कारणले रिलायन्स पावरको सेयर मूल्य बढेको जनाइएको छ ।
रिलायन्स पावर लिमिटेडको सेयर एकै पटक ११. ९५ प्रतिशतले बढेर प्रतिकित्ता ७२.२६ भारु पुगेको छ । यो ५२ हप्ताको नयाँ उच्च हो। कम्पनीको बजार पूँजीकरण करिब ३० हजार करोड भारु रहेको छ । मार्च २०२० मा, सेयरको मूल्य लगभग १.१ रुपैयाँ थियो। त्यसयता कम्पनीको सेयरमूल्य झण्डै ७ हजार प्रतिशतले बढेको छ । सेयर पनि पछिल्लो पाँच वर्षमा २ हजार ७ सय प्रतिशतले बढेको छ ।
रिलायन्स पावरको सेयर मे महिनामा ४५.५ प्रतिशतले बढेको छ । पछिल्लो एक सातामा भने करिब २० प्रतिशतले बढेको छ । पछिल्लो एक वर्षमा स्टक १७५ प्रतिशत बढेको छ। गत महिना रिलायन्स पावरको सहायक कम्पनीले एसईसीआईसँग २५ वर्षे विद्युत खरिद सम्झौता गरेको थियो ।
यो एशियाको सबैभन्दा ठूलो एकल–स्थान सौर्य र ब्याट्री ऊर्जा भण्डारण परियोजना हो। यी असाधारण लाभहरूको साथमा रिलायन्स पावर दलाल स्ट्रीटमा उत्कृष्ट प्रदर्शन गर्ने पावर सेक्टर स्टकहरू मध्ये एक बनेको छ ।
रिलायन्स पावरले आर्थिक वर्ष २०२४/२५ को चौथो त्रैमासिकमा १२५.६० करोड भारु नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३९७.५६ करोड रुपैयाँ घाटामा थियो । सञ्चालनबाट कम्पनीको राजस्व १ हजार ९७८ करोड भारु थियो। अघिल्लो वर्ष यो १ हजार ९९६.६५ करोड भारु थियो।
अहिले रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७७.१ मा रहेको बजार विज्ञहरू बताउँछन् । यसले स्टक ओभरबट भएको र घट्न सक्ने देखाउँने विज्ञहरुको ठहर छ। तर, मुभिङ एभरेज कन्भर्जेन्स डिभर्जन्स (एमएसीडी) ५.४ मा छ। यो यसको संकेत र केन्द्र रेखाहरू माथि छ। यसले बुलिश प्रवृत्ति देखाउने विश्लेषकहरुले बताएका छन् ।