काठमाण्डौ । गत असार १ गते र २ गते एनआइसी एशिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरुमा गुनासो सुनुवाई एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल,प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लगायत प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुखहरुको उपस्थिति थियो ।
कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिइएको थियो भने सदस्यहरुको गुनासो सम्बोधन गरिएको थियो । गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।