बुधबार, श्रावण ६,२०८३ 03:54:43
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:54:43
Bizshala
Global IME Bank Limited

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा
New Office

काठमाण्डौ । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा बिस्तार गरेको छ ।  यसक्रमा श्रीलंकामा इफेक्टिभ सोलुशनसँग व्यवसाहिक सञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा दिने सम्झौता गरेको छ । 

इफेक्टिभ सोलुशनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधिहरु प्रयोग गर्न चाहनेलाई सेवा दिदैं आएको छ ।यो कम्पनी ट्रेस नामक श्रीलंकाको सार्वजनिक संस्थामा सुचिकृत छ । ट्रेसले श्रीलंकामा नयाँ व्यवसाय, आविस्कार र उद्यम गर्न चाहनेहरुलाई सहयोग गर्छ । 

टिङ टिङले श्रीलंकामा कार्यालय स्थापना गरेर त्यहाँका ग्राहकहरुलाई सेवा दिने योजना अगाडि बढाइसकेको छ । 

टिङ टिङले नेपालमा बैंक, बीमा प्रदायक संस्था, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दै गएको छ । 

टिङ टिङका सिइओ मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको बताए । ‘हामी विश्वव्यापी रुपमा आफुलाई बिस्तार गर्ने योजना बनाइरहेका छौं । यो त्यही अभियानको एउटा पाइला हो । सरकारले नेपालबाट आईटी र प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने सोच बनाएको छ । नेपालको प्रतिनिधित्व गरेर सेवा बिस्तार गर्न पाउँदा हामीलाई गर्व पनि लागेको छ । नेपालमा रोजागरी सिर्जनाका लागि आइटी र प्रविधि क्षेत्रको बिस्तार जरुरी छ,’ शर्माले भने । 

इफेक्टिभ सोलुशन्सका निर्देशक हमिन्दा जयवेराले एआईमा आधारित सेवा तथा समाधान उपलब्ध गराउने नेपाली कम्पनीसँग सहकार्य गर्न पाउनु खुसीको विषय रहेको । यस सहकार्यले श्रीलंकाका उद्यमी र सेवा प्रदायकहरुलाई ठूलो लाभ मिल्ने उनले बताए । 

हाल श्रीलङ्कामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, विद्युतीय हुलाक, वेब संवाद तथा कल केन्द्रमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्दै आएका छन् । यसका कारण सन्देश छुट्ने, उत्तर दिन ढिलाइ हुने, ग्राहकको अघिल्लो सन्दर्भ हराउने, कलको चाप बढ्ने तथा सेवा गुणस्तरको स्पष्ट जानकारी नहुने जस्ता समस्या देखिएका छन् ।

यिनै चुनौती समाधान गर्न टिङटिङले आफ्नो कृत्रिम बुद्धिमत्ता–सञ्चालित सञ्चार प्रणालीहरूको समुच्चय श्रीलङ्कामा ल्याएको हो । TingTing suite अन्तर्गत TingTing Call Broadcast, TingTing Text,TingTing Forms, TingTing Agents, TingTing Omni र TingTing Connect जस्ता सेवाहरू रहेका छन्।

 यी सबैले ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया सङ्कलन, बहु–माध्यमीय संवाद व्यवस्थापन तथा कल केन्द्र सञ्चालनलाई एउटै प्रणालीमार्फत सञ्चालन गर्न सहयोग पु¥याउँछन् ।

यस प्रणालीमार्फत प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावना विश्लेषण, कृत्रिम बुद्धिमत्ताद्वारा तयार गरिएको सारांश, प्रत्यक्ष विवरण प्यानल तथा सम्पूर्ण संवादको स्पष्ट दृश्यता प्राप्त गर्न सकिन्छ । यसले व्यवस्थापन टोलीलाई ग्राहकका धारणा, सेवा टोलीको प्रतिक्रिया तथा सुधार गर्नुपर्ने क्षेत्रबारे स्पष्ट बुझ्न सहयोग पु¥याउँछ ।

व्यावसायिक सञ्चारलाई सरल, सहज र एकिकृत बनाउने लक्ष्यका साथ टिङ टिङले काम गरिरहेको छ । यसअघि टिङ टिङ ले वेव समिट कतार २०२६  मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो । श्रीलङ्कामा सेवा बिस्तारले “नेपालमा बनेको, विश्वका लागि” नारा थप सार्थक बनेको कम्पनीले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.